बेलायतबाट फर्केपछि कलाकार अधिकारी नेपालमा भ्रष्टाचार विरोधी अभियानमा

जब जब यो धर्तीमा पापीहरुको ऊदय हुन्छ अधर्मीहरुको राज हुन्छ र असुर शक्तिले सिधा साधा जनताहरुमाथी अन्याय र अत्याचार  गर्न थाल्छन्, अनि भ्रस्ट शासकहरु देशमा भ्रस्टाचार बेतिथी, अनियमितता र अब्यवस्थाको तान्डव नृत्य देखाऊन थाल्छन्, तब तब यो धर्तीमा एऊटा नयाॅ क्रान्तिको जन्म हुन्छ । हो, एस्तै नयाॅ क्रान्तिको बिगुल फुक्नको लागी नेपालमा जन्मिसकेको छ एउटा  नयाॅ सॅगठन ।
स्वतन्त्र नेपाली नागरिक समाज
भ्रस्टाचार विरुद्गको एक महा-अभियान
ऊपरोक्त भनाइहरु तथा यस संगठनको परिकल्पनाकार हुनुहुन्छ ओमकार अधिकारी । लामो समय सम्म बेलायतमा बसेर विभिन्न ब्यवसाय गर्दै आउनुभएका अधिकारी नेपालमै बसेर आफ्ना बाबु आमा र  आफ्नै मातृभूमिको सेवा गर्ने अठोटका साथ भर्खरै मात्र नेपाल फर्कनु भएको हो । बेलायतमा रहँदा विभिन्न संघ संगठनमा  रहेर काम गरिसकेका अधिकारी पछिल्लो समय रेडिंग नेपाली समाज बेलायतको महासचिव  र साझा सद्भाव समूह युकेको प्रवक्ता समेत रहेर काम गरिसक्नु भएको छ । बेलायतमा रहंदा ऊहांले विभिन्न नेपाली चलचित्रहरु जस्तै यु टर्न, ब्ल्याक समर र ह्याप्पी डेजमा समेत विभिन्न भूमिकामा रहेर अभिनय गर्नु भएको छ । साहित्य र कलामा पनि विशेष रुचि भएका अधिकारीले  बेलायतमा बनेको पहिलो श्रब्य दृस्य नाटक ‘समय दृस्य ‘ मा पनि सशक्त भूमिका निर्वाह गर्नु भएको थियो ।
लकडाऊन शुरु हुनुभन्दा केही हप्ता अगाडि मात्रै नेपाल फर्केका ओमकार अधिकारीको अनुभवमा गत २५ /३० वर्ष अगाडी नेपालमा जति भ्रस्टाचार र बेतिथी थियो त्यसको तीन गुना बढ़ी आज देख्न सकिन्छ । राजनीति झन् झन् दूषित बन्दै गइरहेको छ र सीधा साधा जनताको त कुरै छोडिदिऊँ टाठा बाठा तर ईमानदार पार्टी कार्यकर्तालाई समेत अहिले बाॅच्नै मुस्किल अवस्थाबाट नेपाल गुज्रिरहेको छ । अहिले महामारीको अवस्थामा त मान्छेहरु रोगले भन्दा पनि भोकले धेरै ग्रसित भएको देख्न सकिने अधिकारीको भनाइ छ । तर नेपालको राजनीति भने अहिले पनि नातावाद , कृपावाद र चाकरीवादमा चुर्लुम्मै डुबेको आरोप अधिकारीको छ । देशको मूल राजनीतिमा रहेका प्रमुख दुई पार्टीहरु नेपाली काॅग्रेस र नेकपा आ-आफ्नै गुट, फुट र अन्तरघातको भयावह अवस्थाबाट गुज्रिरहेको र देश अन्धकारतर्फ धकेलिइरहेको उनको निस्कर्ष छ ।
यसै प्रसॅगमा जनताहरुको मन मनको भावना, आवाजविहीनहरुको मनको आवाज र देशको आवस्यकतालाई महसुस गरी नेपालका सबै पढेलेखेका सचेत नागरिकहरुलाई फुटेर हैन जुटेर एऊटा महा-अभियानमा लाग्न अनुरोध गर्दै यस भ्रस्टाचार विरुद्दको महा अभियानको नेतृत्व लिन पूर्व प्रधान न्यायधिस सुशीला कार्कीलाई अभियानको मानार्थ सर्वोच्न कमाण्डरको भूमिका सबैभन्दा ऊपयुक्त बिकल्प हुन सक्छ भन्दै प्रमुख संरक्षक र सल्लाहकारमा बसिदिनहुन उनले विभिन्न व्यक्तित्वलाई प्रस्ताव गरेका छन् ।
जसमा मानार्थ सर्वोच्च कमाण्डर पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, मानार्थ प्रमुख संरक्षकहरु  तथा प्रमुख सल्लाहकारहरुमा मह जोडी ( मदनकृष्ण श्रेष्ठ , हरिवॅश आचार्य ), डा. गोविन्द के.सी, डा. महावीर पुन, अनुराधा कोईराला, डा. सुरेन्द्र केसी, डा. सुरेन्द्र भण्डारी, पत्रकार तथा अधिवक्ता स्वागत नेपाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा डा भीमार्जुन आचार्य, राजनीतिज्ञ चित्र बहादुर केसी, चिकित्सक डा सुन्दरमणि दीक्षित, वरिष्ठ अधिवक्ता डा युवराज सॅग्रौला लगायत छन् ।
यसरी नै समाजमा आ- आफ्नो क्षेत्रमा विभिन्न सामाजिक, साहित्यिक तथा कलाकारितामार्फत योगदान पुर्याउँदै आउनुभएका सबै अभियन्ताहरुलाई फुटेर हैन जुटेर नेपालको भ्रस्टाचार र बेतिथीसँग लड्न आग्रह गर्दै उनले महानायक राजेश हमाललाई सो क्षेत्रको नेतृत्व लिइदिन अनुरोध गरेका छन् । यस्तै पत्रकार रवि लामिछानेलाई सॅयोजकको भूमिकाका लागि प्रस्ताव गरेका छन् । यस अभियानमा उनले पूर्व प्रहरी अधिकृत रमेश खरेल, अभियन्ता ज्ञानेन्द्र शाही, अभियन्ता कृष्ण कॅडेल, अभियन्ता हेमराज थापा, कलाकार मनोज गजुरेल, कवि सैलेन्द्र सिॅखडा, कर्मबीर कलाकार धुर्मुस सुन्तली, कलाकार दीपकराज गिरी, कलाकार बल्छी ( मरिचमान श्रेष्ठ ), प्रखर वक्ता रमेश प्रसाॅई, पत्रकार अपिल त्रिपाठी, कलाकार कमल गाऊॅले,
 इनफ इज इनफका अभियन्ता मिस्टर ‘ई’ लगायतलाई अनुरोध गरेका छन् ।
यो अभियान कुनै पार्टीको विरुद्दमा लक्षीत नभएर नेपालमा भएको समग्र बेथितीको विरुद्दमा भएको हुॅदा यस अभियानमा साथ दिनको लागी नेपालका उनले दुई ठूला पार्टीमा रहेका ईमान्दार तथा सक्षम युवा नेतृत्वलाई पनि यस अभियानमा साथ दिन अनुरोध गर्दै प्रतिनिधी पात्रको रुपमा  नेपाली काॅग्रेस बाट गगन थापा र नेकपाबाट राम कुमारी झाॅक्रीलाई अनुरोध गरिएको बताए । यस्तै बैकल्पिक पार्टीको तर्फबाट साझा पार्टीका रविन्द्र मिश्र र विवेकशीलबाट रन्जु दर्शनालाई पनि यस अभियानमा साथ दिनको लागी अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री