एनआरएनए पोर्चुगलको निर्णय, झगडा गरे स्वत: प्रतिबन्धित!


गैरआवासीय नेपाली संघ पोर्चुगलको मिति ५ अक्टोबर २०२० को दिन बसेको कार्यसमिति बैठकले  गरेको निर्णयहरुको जानकारी प्राप्त भएको छ ।

संघका निर्णयका बारेमा आज एनआरएनए पोर्चुगलले एक वक्तव्य जारी गरी सार्वजनिक गरेको छ ।

हेर्नुहोस् वक्तव्य जस्ताको तस्तै :

गैरआवासीय नेपाली संघ पोर्चुगलको विज्ञप्ति

गत २१ सेप्टेम्बर २०२० का दिन लिस्बनको आरोइस स्थित एक नेपालीको पसलमा एनआरएनए पोर्चुगलका उपाध्यक्ष अशोक गुरुङ र  महासचिव हेमराज सुवेदीबीच छलफल हुँदै गर्दा हातपात र कुटपिट भएको भन्ने घटनामा महासचिव हेमराज सुवेदीले २२ सेप्टेम्बर २०२० का दिन एनआरएनए पोर्चुगल कार्यालयमा दिएको निवेदन र सोही महिनाको २४ तारिख उक्त घटना सम्बन्धमा उपाध्यक्ष अशोक गुरुङले दिएको अर्को निवेदनलाई आवश्यक छानबिन र सिफारिसका लागि अनुशासन समितिमा पठाइएकोमा मिति २ अक्टोबर २०२० का दिन अनुशासन समितिले दुवै पक्षलाई राखी छलफल  गराइ आपसी रूपमा समझदारी  गराएको जानकारी पत्र एनआरएनए पोर्चुगलको कार्यसमितिमा आएको र आवश्यक निर्णय गर्न आग्रह गरेको सन्दर्भमा अब उप्रान्त यस्ता गतिविधि र क्रियाकलाप नगर्ने र गरेमा एनआरएनए पोर्चुगलका कुनै पनि कामकारबाहीमा र गतिविधिमा  स्वत: प्रतिबन्धित भइ रोक लाग्ने शर्तमा संघको मिति ५ अक्टोबर २०२० का दिन बसेको बैठकबाट संघको अघिल्लो निर्णय र सेप्टेम्बर २४ तारिखको र अक्टोबर १ तारिखको वक्तव्यबाट गतिविधि र कामकारबाहीमा रोक लागाइएकोबाट उपाध्यक्ष र महासचिव दुवैलाई  फुकुवा गरिएको निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी गराउँदछौं ।

संघको अनुशासन सम्बन्धी निर्णय :

एनआरएनए पोर्चुगलको कार्यसमितिमा अनुशासन पालना सम्बन्धी विभिन्न समस्याहरु देखा परेको र  सो कारणबाट संघको गरिमा र प्रतिष्ठा मै गम्भीर आघात पुग्ने देखिएकोले केही विशेष निर्णयहरु गरिएको छ ।

क) अब उप्रान्त एनआरएनए पोर्चुगलका कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले विधान विपरीत कुनै पनि क्रियाकलाप वा गतिविधि गरेको प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।

ख) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले संघको निर्णय, मर्यादा वा गरिमामा आघात पुग्ने गरि सामाजिक संजालहरु वा ग्रुपहरुमा लेखे वा अभिव्यक्त दिए निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।

ग) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्य कुनै खालको झैंझगडा, अबैध गतिविधि, अनैतिक आचरण र आर्थिक अपचलनमा संलग्न भएको पाइए वा प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको सम्पुर्ण कामकारबाही र गतिविधिमा स्वत:  प्रतिबन्धित भइ रोक लाग्नेछ ।

७ अक्टोबर २०२०

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री