एनआरएनए युके अध्यक्ष गुरुङलाई कोरोना संक्रमण, आजको बैठक स्थगित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राष्ट्रिय समितिका अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार फेसबुक पोष्टमार्फत आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेकी छिन् । रिजल्ट पोजिटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बस्ने उनले सो पोष्टमा व्यक्त गरेकी थिइन् ।

अध्यक्ष गुरुङलाई कोरोना पुष्टि भएपछि बुधबार डाकिएको बैठक स्थगित भएको छ । एनआरएनए यूकेको गत कार्यकालमा विवादित चार करोड रुपैयाँ हिनामिनाको विषय कानुनी प्रकृयातिर अघि बढेपछि त्यसको बारेमा छलफल गर्न आज साँझ साढे ७ बजे जुममार्फत बैठक बोलाइएको थियो।

एनआरएनए राष्ट्रिय कार्यसमितिका एक पदाधिकारीले अध्यक्षको स्वास्थ्यको कारण दर्शाउँदै महासचिवद्वारा आजको बैठक स्थगन भएको इमेल प्राप्त भएको पुष्टी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री