गोर्खा भूपू सैनिक अभियन्ता इस्वोको कोरोना संक्रमणबाट निधन

लण्डन । गोर्खा भूतपूर्व सैनिक आन्दोलनका पुराना अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ ।

पूर्वान्चलका भूपू सैनिकहरुको शहर धरानलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि काम गर्दै आउनुभएका इस्वोको मंगलबार बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो ।

उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल लगिएको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)बाट गोरखा आन्दोलनमा होमिएका इस्वो पछि गेसोबाट अलग भइ अन्य संस्थामार्फत भूतपूर्व ब्रिटिस गोर्खा आन्दोलनमा संलग्न हुनुहुन्थ्यो । उहाँको अगुवाइमा धरानमा भूपू सैनिक पार्क लगायतक धेरै सामाजिक कार्य भएका छन् । यसका साथै उहाँ किराँत याक्थुङ चुम्लुङका पूर्वकेन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

छालाको क्यान्सर तथा मधुमेहका बिरामी इस्वोले लाहुरेहरूलाई सामाजिक विकासमा लगानी गर्न अभियान चलाएका थिए । उनको नेतृत्वमा धरानमा गोरखा सहकारी, गोरखा कम्प्लेक्स र गोरखा पार्क सञ्चालनमा छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी सुनसरीको अध्यक्ष रहेका इस्वो उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार पनि बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री