फर्लो योजना आउँदो मार्चसम्म रहने

लण्डन । कोरोना भाइरसका कारण संकटमा परेका व्यवसायमा कार्यरत कर्मचारीहरुलाई सहयोग गर्न बेलायत सरकारले ल्याएको फर्लो योजना आउँदो मार्चसम्म रहने भएको छ ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले आज बेलायती संसदमा बोल्दै सो योजना मार्चसम्म लम्बिने बताएका छन् ।

सो योजनाअनुसार सरकारले ८० प्रतिशत तलव ब्यहोर्ने छ । तर त्यस्तो तलब बढीमा २ हजार ५०० पाउण्डसम्म हुनुपर्ने बताइएको छ ।

सरकारले पहिलो लकडाउनमा ठूलो संख्यामा बेरोजगार हुनसक्ने सम्भावनालाई रोक्न सो योजना ल्याएको थियो । सो योजना ३१ अक्टोबरमा समाप्त हुने घोषणा गरिएको थियो तर नोभेम्बर ५ तारिखबाट दोस्रो लकडाउन शुरु गरिएपछि फर्लो योजना पनि लम्बिएको हो ।

यद्यपि सरकारले आउने जनवरीमा सो योजनाका बारेमा पुनरावलोकन गर्ने बताइएको छ ।

संसदमा बोल्दै सुनकले जाडो याममा व्यापारलाई सुरक्षा दिन यो योजना लम्ब्याइएको बताए ।

हालसम्म फर्लो योजनामा ४० बिलियन पाउण्ड खर्च भइसकेको छ । यस योजनाबाट करिब ९६ लाख मानिसहरुले लाभ लिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री