गत साता इङल्याण्डमा ६ लाख १८ हजार कोरोना संक्रमित

लण्डन । गत साता मात्र इङल्याण्डमा ६ लाख १८ हजार मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोवर २४ देखि ३१ तारिखमा ६ लाख १८ हजार ७०० जनामा संक्रमण भएको बताइएको छ । कार्यालयका अनुसार हरेक ९० जनामा १ जना संक्रमित भएको पाइएको छ ।

यसअघि अक्टोबर १७ देखि २३ तारिखसम्मको अवधिमा ५ लाख ६८ हजार १०० मानिस संक्रमित भएका थिए ।

तर कार्यालयले विगतका साताहरुको तुलनामा संक्रमण उति सारो नबढेको बताएको छ ।

कार्यालयका अनुसार इङल्याण्डमा अहिले दैनिक ओैसत ५० हजार मानिस संक्रमित भएको बताएको छ । यसभन्दा अघिल्लो हप्तामा ५१ हजार ९०० नयाँ संक्रमित रहेकोमा सो संख्या ४५ हजार ७०० नयाँ संक्रमित भेटिएका छन् ।

कार्यालयको तथ्यांकमा समुदाय, निजी घरमा संक्रमितहरु समाविष्ट छन् भने अस्पताल, केअर होम र अरु संस्थामा रहेका संक्रमितको संख्या समावेश छैन ।

संक्रमितहरुमा उत्तर पश्चिम इङल्याण्डमा धेरै देखिएको छ कम संक्रमण दक्षिणपूर्वी, दक्षिण पश्चिमी र पूर्वी इङल्याण्डमा पाइएको छ ।

यस्तै, सबै उमेर समूहमा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । तर सबैभन्दा बढी संक्रमण किशोर र युवाहरुमा देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री