कोरोनाविरुद्ध खोप बनाउने वैज्ञानिकको अनौठो जीवनशैली

 तस्वीर फाइन्यासियल टाइम्स

लण्डन । एक साताअघि प्रोफेसर उर साहिनलाई विज्ञान वृत्तबाहिर सीमितले मात्र चिन्दथे । अहिले उनी विश्वभर चिनिएका छन् ।

टेलिभिजनबाट मात्र पनि । तर उनलाई त्यो कुरा थाहा छैन । कारण बायोएनटेक जसको मूल्य अहिले अर्बौं डलर छ त्यसका धनी साहिनसित अहिलेसम्म टेलिभिजन छैन । उनी भन्छन्-उनी काममा मात्र ध्यान दिन्छन् ।

सोमबार फाइजरले बायोएनटेकसित मिलेर विकसित गरिएको कोरोनाभाइरस विरुद्धको खोप मानिसहरुमा कोरोना भाइरसको संक्रमण हुन नदिन ९० प्रतिशत प्रभावकारी भएको घोषणा गरेको थियो ।

स्काई न्युजका प्रतिनिधिले साहिनसित जुमबाट सम्पर्क गरेको थियो । भर्चुअलरुपमा पनि साहिन नम्र पाइएको स्काइ न्युजले बताएको छ । उनका सहकर्मीहरुले उनलाई ‘नम्र’ मानिस भनेर भन्ने गरेका छन् । बायोएनटेकको सफलताका वावजुद उनी कुनै अहम देखाउँदैनन् । स्काइ न्युजसित उनले खोपको परिणामबाट ‘राहत’ मिलेको प्रतिक्रिया दिए । तर आफ्नो सफलता वा व्यक्तिगत विजयका रुपमा लिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री