यो संसारमा धेरै देशहरु छन् । तिमध्ये कोही देशहरु धनी छन् भने कोही देशहरु गरिब छन् । हामीहरु सजिलै भन्न सक्छौं कि देश धनी भएपछि त्यस देशका नागरिकहरु पनि धनी नै हुने गर्दछन्। नेपालमा आउने सबै विदेशीहरु पढेलेखेका अनि बुद्धिजीवीहरु हुन्छन् भनेर म सानो छँदा भन्ने गर्थें। किनभने उनीहरुको देश विकसित छ। कति हदसम्म कुरो सही पनि हो रहेछ ।
त्यही विकसित देशहरुले विकाश गरेर नै यो संसारलाई यति सानो बनाइ दिएको छ । मतलब अहिलेको नयाँ प्रबिधिहरुले गर्दा मानिसहरु भिडियोमार्फत संसारको जुनसुकै कुनामा भए पनि हेरेर कुराकानी गर्न सकिन्छ । अहिलेको कोभिडको कारणले संसारभरका मानिसहरुले बालबच्चाहरुको पठनपाठनदेखि ठूला ठूला सभाहरुजस्ता कार्यक्रम पनि विभिन्न सामाजिक संजालहरुमार्फत गर्ने गरेको छ। घरमै बसीबसी संसार भरका मानिसहरुको बिचमा धार्मिक सेवा सङ्गति, अधिबेसन, अन्तरवार्ताजस्ता कार्यक्रमहरु गर्न सम्भव बनाएको छ ।
टाढाटाढा रहेको आफ्नो साथीभाइ तथा परिवारहरुसंग एकै ठाउँमा बसेर सबैसंग एकैपटक कुराकानी गर्न सकिने श्रोत र साधनहरु बनाइ दिएका छन् । यदि त्यही विकसित देशहरुले त्यो शिक्षा लिएर त्यस्ता प्रविधिहरु नबनाएका भए हामीहरुले यो सुविधाहरु प्रयोग गर्न पाउने थिएनौं । त्यही देशका वैज्ञानिकहरुले पढेर अनि सिकेर अंतरिक्षमा विभिन्न यन्त्रहरु जडान गर्न सफल भएको हो । जति पनि विकसित देशहरुमा जनताहरुलाई पढ्न लेख्नको लागि सरकारले माध्यामिक तह सम्मको पढाइहरु निशुल्क बनाइदिएको छ। यदि बाउ आमाले काम गरेको छैन भने स्कूलमा खानाको लागि पनि सरकारले निशुल्क गरिदिएको हुन्छ ।
यदि कुनै पनि नागरिकले त्यहाँ काम नपाएर होस् वा केही कारणबस काम नगरेको खण्डमा सरकारले बस्नको लागि घर अनि खानको लागि खाना खर्च पनि महिनै पिच्छे आफ्नो बैंक खातामा हालिदिएको हुन्छ । तर तिनीहरुमध्ये धेरैजसोले त्यो पैसाले रक्सी र चुरोटमा खर्च गरेर सिध्याई दिएको हुन्छ । अनि जुवा पनि तिनीहरुले नै खेलेको हुन्छ ।
अनि महिनाको अन्त्यसम्म त्यो पैसाले नपुगे पछि दोकानहरुमा गएर सामानहरु चोरेर लाने गर्दछन्। यदि समान चोरेर लगेको देखेर किन चोरेर लगिस्, सामान निकाल भन्यो भने उल्टो दोकानवालालाई झपार्ने गर्दछ । मेरी श्रीमती मंजुले काम गर्ने दोकानमा त्यस्ता घटनाहरु प्रायजसो भइरहन्छ भनेर मलाई सुनाउने गर्छिन् । एकदिन त त्यो मान्छेको पिछा गरेर जाँदा उल्टो म्यानेजरलाई नै रगत नै रगत हुने गरेर पिटेर पठाएको कुरा पनि सुनाएको थियो । दोकानमा सामानहरु राखेर आफ्नो कारसम्म लानको लागि भनेर राखेको ट्रलीहरु समान हालेर गुडाउँदै अलिपरसम्म लगेर खोलातिर,चौरतिर अनि जंगल तिर फालेको तस्वीरहरु मैले मेरो क्यामेरामा कैद गर्न पनि भ्याएको छु । एक ठाउँमा होइन प्रत्येक ठाउँ ठाउँमा त्यस्तो बेवारिसे ट्रलीहरु देख्न पाइन्छ । घर नहुनेलाई घर दिन्छ । खानको लागि सरकारले निशुल्क व्यवस्था गरिदिएको छ । यही विकसित देशहरुमा अरु देशका राजाको छोराछोरीहरु, मन्त्रीका छोराछोरीहरु, ठूला ठूला ब्यवसाय गर्नेहरुको छोराछोरीहरु अध्ययन गर्न आउँछन् । मैले तेस्तो समस्या युरोपको अरु मुलुकहरुमा देखे पनि तर बेलायतमा जति काँही पनि देखेको छैन ।
त्यति राम्रो सुविधा सरकाले दिए पनि ती सरकारको सुविधा खानेहरुको बालबच्चा अलिकति ठूलो भए पछि त्यही बाउआमाले गरेको ब्यबहार नै गर्ने गर्दछन् । सरकारको सुविधा खाने भन्दैमा सबैले त तेस्तो गर्दैन तर प्रायजसोले नै तेस्तो काम गरेका हुन्छन् । हुनत संसारमा जहाँ गए पनि राम्रो र नराम्रो मान्छे हुन्छन् नै । मैले भन्न खोजेको के हो भने यति धेरै विकाश भएको देशहरुमा यति धेरै राम्रो सुविधाहरु भोग्न पाए पनि किन मानिसहरु असभ्य हुन्छन् भनेर अचम्म लगेको छ ।
धादिङ्ग गजुरी , हाल सुइण्डन युके