कुन कुन अस्पतालले दिँदैछन् अर्को साता कोरोनाविरुद्धको खोप ?
फ्रिम्ली पार्क अस्पताल पनि अर्को साता कोरोना खोप दिने अस्पतालमध्ये एक रहेको छ ।
लण्डन । बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्टस रेगुलेटरी अथोरिटी (एमएचआरए) ले बुधबार फाइजर तथा बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई अनुमति दिएपछि बेलायतमा अर्को साता देखि खोप लगाउन शुरु हुने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोको पुष्टी बुधबार उनको कार्यालयमा आयोजित ब्रिफिङमा दिएका छन् ।
बेलायतका निम्न अस्पतालहरुले सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप दिनेछन् । कोरोनाको खोप कसलाई पहिले दिने भन्ने बारेमा यसअघि नै निधो भइसकेको छ ।