बेलायती महारानीले कोभिड-१९ खोप लगाउने

तस्विरः एएफपी

लण्डन । बेलायतका जनतालाई विश्वास दिलाउन महारानी एलिजाबेथ द्धितियलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएकी छिन ।
ओैषधि निर्माता फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको उक्त खोप एक साता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती अखवारले जनाएका हुन ।  खोपका बारेमा विभिन्न अडकलवाजी चलिरहेको बेला महारानी एलिजाबेथले खोप लगाउने भएकी हुन ।

उनी सँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । खोप अभियान सुरु भएपछि लाइनमा बसेर नै खोप लिने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ ।
गत साता बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री