ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले बेलायतले ब्रेक्जिट संक्रमणको अबधिलाई थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले सोमबार बेलायत ब्रेक्जिट संक्रमणको अवधिलाई थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्ने कुरा बताउनुभएको हो ।

“अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौंं” प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारलाई भन्नुभयो ।

“हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने हामी वार्ता गर्न तयार र्छाैं” यद्यपि उहाँले संक्रमणको अवधि भने नलम्बिने कुरामा जोड दिनुभयो ।

उहाँले अगाडि थप्नुभयो, “हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री