तमुधिं यूके अध्यक्षमा हितकाजी गुरुङ

लन्डन । तमुधिं यूकेको अध्यक्षमा हित काजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

२० औं साधारणसभा र ११ औं महाधिवेशनका लागि दिइएको समयअवधिमा अध्यक्ष हित काजी गुरुङको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले अन्तिम मनोनयन पत्र सार्वजनिक गरेअनुसार २९ जनाकै कार्यसमिति निर्विरोध भएको हो ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयन पत्र दाखिलाको समय १३ डिसेम्बर १० बजेसम्म दाबी/बिरोधको समय तोकिएको थियो । उनीहरुविरुद्ध कसैको पनि उम्मेदवारी मनोनयन पत्र परेको छैन । साथै कसैले पनि तोकिएको समयसीमामा दाबी विरोधसमेत गरेन ।

तर निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ । ल्होछार/ल्होसारदेखि मात्रै नयाँ कार्यसमितिले आफ्नो पदभार ग्रहण गर्ने तमु धिं यूकेको चलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री