नेपाली मूलका सन्तोष साह मास्टरसेफ प्रोफेसनल्सको फाइनल चारमा

लण्डन । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके प्रोफेसनल्स २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै टप चारमा पुग्न सफल भएका छन् ।

नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन् ।

सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर ( लोप भएको ) आँपको ‘अमौरा’ बनाएका थिए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा उनी नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री