मास्टरसेफको फाइनलमा नेपाली टोपी लाउन पाए सन्तोषले

तस्वीर सन्तोषको ट्वीटरबाट

लण्डन । बीबीसीद्वारा प्रसारण भइरहेको मास्टरसेफ प्रोफेसनल्स २०२० को फाइनलमा पुगेका नेपाली सेफ सन्तोष साहले फाइनलमा नेपाली टोपी लगाउन पाउने भएका छन् ।

प्रतियोगिताभर नेपाली खाना पस्कँदै आएका उनले बुधबार बिहान ट्वीट गर्दै बीबीसीले फाइनलमा नेपाली टोपी लगाउन अनुमति दिएको जानकारी दिएका छन् ।

उनले मास्टरसेफजस्तो प्रतिष्ठित शोको फाइनलमा नेपाली टोपी पहिरिएर भाग लिन पाउनुलाई आफ्ना ‘सपना साकार’ भएको प्रतिक्रिया दिएका छन् ।

सिराहाको कर्जन्हामा जन्मिएका साह १५ वर्षको उमेरमा रोगजारीको खोजीमा भारतको गुजरात पुगेका थिए । त्यहाँ उनले रेस्टुरेन्टको सामान्य कामदारबाट सेफसम्म बन्ने मौका पाए । २० वर्षदेखि उनी भारतीय खाना बनाउँदै आएका छन् ।

सन् २०१० मा बेलायत आएका उनले बेलायतमा यसअघि भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय प्रतियोगिताहरुमा भारतीय खाना बनाउँदै भाग लिइसकेका छन् ।  तर नेपाली खाना बनाउने सोच भने दुईवर्ष अघिदेखि मात्र आएको उनको भनाइ छ । उनले नेपाली खानाको प्रबर्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउँदै आएका छन् ।

मास्टरसेफको फाइनल मंगलबारबाट शुरु भइसकेको छ भने विजेता भने बिहीबार घोषणा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री