‘बीबीसी मास्टर सेफ: सन्तोष शाह उत्कृष्ट तीनमा


लण्डन । बेलायत बसोबास गर्ने सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ प्रतियोगिताको शीर्ष ३ मा उक्लिएका छन ।
‘बीबीसी वान’ मा प्रशारित फाइनल राउण्डको दोस्रो चरणमा भाद्गाउँले टोपी लगाएर गएका उनि प्रतियोगितामा अघि बढ्दै टप ३ मा उक्लिएका हुन् ।
बुधबार साँझको एपिसोडबाट एक जना बाहिरेका छन् । बाँकी तीन जना फाइनल राउण्डमा पुगेका छन् ।

उनले टप ३ मा पुग्न बासी भात शैलीमा भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए । सेफ शाहले फाइनल एपिसोडको लागि पनि नेपाली खानाका परिकारको तयारी गरिरहेको बताए ।

सन्तोषले प्रतिस्पर्धामा जित हार भन्दा नि खानालाई संसारभर चिनाउने काममा आफु लागेको जनाए । मैले केही नेपाली खाना चिनाउन सफल भए त्यसैले नेपालीको जित भैसक्यो जस्तो लाग्छ तर बाँकी फाइनलमा टाइटल जित्ने प्रयास गर्दैछु ‘,  शाहले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री