इङल्याण्डमा नयाँ क्षेत्रहरु थपिए कडा नियन्त्रणको टियरमा

लण्डन । इङल्याण्डमा थप क्षेत्रहरुलाई कोरोना भाइरसको नियन्त्रणका लागि कडाइ गरिएको क्षेत्रमा पारिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले संसदमा बोल्दै इङल्याण्डमा थप क्षेत्रहरुलाई टियर ३ मा राखिएको बताए । उनकाअनुसार निम्न क्षेत्रहरुलाई शनिबारदेखि टियर ३ मा राखिएको छ :

  • बेडफोर्ड
  • सेन्ट्रल बेडफोर्डसायर
  • लुटन
  • मिल्टन किन्स
  • बकिङघमसायर
  • रेडिङ
  • वोकिङघम
  • ब्राकनेल फोरेस्ट
  • विन्जर एण्ड मेडनहेड
  • वेष्ट बर्कसायर
  • पिटरबोरो
  • हार्टफोर्टसायर
  • सर्रे (वेभर्लीबाहेक)
  • हेस्टिङस् एण्ड रोदर
  • पोर्टसमथ
  • हाभान्ट
  • गसपोर्ट

यी क्षेत्रहरुलाई टियर ३ मा राखेपछि इङल्याण्डमा करिब ६८ प्रतिशत मानिस टियर ३ मा बसोबासरत छन् भने टियर २ मा ३० प्रतिशत र बाँकी २ प्रतिशत टियर १ मा बसोबासरत हुनेछन् ।

यसैगरी, ब्रिस्टोल र नर्थ सोमरसेटलाई टियर ३ बाट टियर २ मा राखिएको छ भने हेरेफोर्डसायरलाई टियर २ बाट टियर १ राखिएको छ ।

मन्त्री ह्यानककले अहिले इङल्याण्डमा ८९ प्रतिशत अस्पतालको बेड भरिएको बताए तर गत वर्षहरुमा भन्दा अस्पतालको बेड खाली नै रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री