सगरमाथा गोरखा नेपाली समाज आसफोर्डद्वारा फुड ब्याङ्कलाई सहयोग

लण्डन । आसफोर्ड क्षेत्रका घरबारविहीनहरुलाई चाडवाडको बेला भाेकाे रहनु नपराेस् भन्ने उद्देश्यले आसफोर्डस्थित सगरमाथा गाेरखा नेपाली समाजले स्थानिय फुड बैँकलाई सहयोग गरेको छ ।

समाजका तर्फबाट संकलित १ हजार ३९७ पाउण्ड ६२ पेन्स आज समाजका अध्यक्ष चक्रबहादुर राईले फ्यामिली फुड बैँक आसफोर्डका म्यानेजर टोनी बर्नार्डलाई हस्तान्तरण गरेका छन् ।

समाजले हरेक वर्षको डिसेम्बर महिनामा नेपाली पसलहरुमा बसेर खाना संकलन गरेर फुड बैँकलाई दिने गरेकाे थियो तर यस वर्ष कोभिड-१९ को महामारीका कारण त्यसरी खाद्यवस्तु संकलन गर्न नसक्ने अवस्था आएपछि समाजले आफ्ना सदस्यहरुबाट नगद नै सहयाेग उठाइ फुड बैँकलाई सहयोग गरेको हो ।

समाजका अध्यक्ष राईले ‘यस क्षेत्रका गरिब तथा घरबारविहीनहरु जसले सडकमा मागेर जीविकोपार्जन गरिरहेका छन् उनीहरुलाई क्रिसमसजस्तो ठूलो चाडमा एकछाक भए पनि खाना दिन सकियोस् भनेर सहयोग गरिएको’ बताए ।

उनले फुड बैँकलाई सहयोग अभियानमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।

यसवर्ष सो अभियानलाई स्थानिय किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले ३८६ पाउण्ड ६ पेन्स सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री