संसद विघटनको जनसम्पर्क समिति बेलायतद्वारा बिरोध

 

लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको नेपाली कांग्रेस र यसका निकट संगठनहरुले बिरोध जनाएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका कार्यबाहक सभापति महेश दाहालले एक बिज्ञप्ति मार्फत संसद बिघटन असबैधानिक कदम भन्दै यसले लोकतन्त्रको उपहास गरेको नेपाली जनताबाट ५ बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन भएको र लोकतन्त्रको उपहास गरेको बताएका छन्।

दाहालद्वारा प्रेषित बिज्ञप्तिमा भनिएको छ ,’नेपालको राजनीति परिबृत मा आज घटेको, भएको राजनीति चलखेलमा , नेपाली जनसम्पर्क समिति , बेलायतले नजिकबाट समिक्षा गरिरहेको ध्यानाकर्षण गराउने क्रममा, नेपाल कमुनिस्ट पार्टीका अध्यक्ष ओलीबाट जुन असंबैधानिक प्रयोग गर्नु भएको छ । साथै नेपाली जनताबाट ५ बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन भएको र नेपालको लोकतन्त्रको उपहास गरेको यस जनसम्पर्क समिति, यूकेले ठहर गरेको छ साथै यस्तो असंबैधानिक कार्यको यस नेपाली जनसम्पर्क समिति, युके प्रधानमन्त्रि तथा रास्ट्रपतिको अदुरदर्शि कार्यको घोर भत्सना गर्दछ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री