समाजका महासचिव मान गुरुङले संचालन गर्नुभएको कार्यक्रम गोरखा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजित गुरुङ र प्रमुख अतिथि तमु ह्युल छोंजधीं राष्ट्रिय गुरुङ परिषद नेपालका अध्यक्ष रेशम गुरुङले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । नेपालबाट अतिथि लामा लोपेन सोनाम गुरुङ, प्रमुख अतिथिमा तमु ह्युल छोजधी राष्ट्रिय गुरुङ परिषदका अध्यक्ष रेशम गुरुङ, अतिथि कलाकारहरुमा गणेश गुरुङ र सुनिला गुरुङ हुनुहुन्थ्यो ।
समाजका उपाध्यक्ष श्रीमती नैना गुरुङले स्वागत मन्तव्य र समाजको च्यारिटीको विषयमा छोटो भनाइ राख्नुभएको थियो । तत्पश्चात लामा लोपेन सोनाम गुरुङ ज्यू ले लोछार/लोसारको बारेमा छोटो मन्तब्य र प्रवचन सुनाउनुभएको थियो । साथै पुस १५ बाट नयाँ वर्ष सुरु भएपछि छ वटा ल्हो हरुमा ग्रहदशा नराम्रो रहेको बताउनुभयो । उक्त छ वटा वर्गको लागिको ग्रहशान्ति पाठ पढ्नु भएको थियो ।
यसैक्रममा सांस्कृतिक सल्लाहकार वीरबहादुर गुरुङबाट छोटो मन्तव्य र ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थापक अध्यक्ष थमप्रसाद गुरूङबाट शुभकामनासहित दरौदी थेम्स पत्रिका प्रकाशनमा लेख रचनाहरु पठाई दिनको लागि अनुरोध गर्नुभएको थियो ।
यसै अवसरमा उहाँले तमु ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद नेपालका अध्यक्ष रेशम गुरुङबाट पनि पाँचौं अङ्क प्रकाशन हुन लागि रहेको दरौदी थेम्स पत्रिकाको लागि शुभकामना सन्देश अपेक्षा गरिएको अवगत गराउनु भएको थियो । साथै संभव भएमा ल्होछार/लोसारको बारेमा पनि लेख मार्फत प्रष्ट पारिदिन हुनको लागी अनुरोध गर्नु भएको थियो । नेपालबाट जोडिनु भएका अतिथि कलाकार गणेश गुरुङबाट ल्होसारको शुभकामना सन्देश पछि लोकप्रिय ल्होसार गीत “खैमु ल्होसार” बोलको गीत कसरी सृजना भयो सोको बारेमा प्रष्ट पार्नुभएको थियो । उक्त गीतलाई प्रत्यक्ष लाइभमा गाएर सुनाउनुभएको थियो ।