लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालाई आज राति ९:४० बजे कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रपति मार्सेलो ७२ बर्षका छन् ।
कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र चुनावी कार्यक्रमहरु रद्ध गरेका छन् । उनले भोलि हुने राजनैनिक दलहरुको सुनुवाइ पनि रद्द गरेका छन् ।
यही जनवरी २४ तारिखमा पोर्चुगलको राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति मार्सेलो आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त थिए ।
राष्ट्रपति मार्सेलोलाई कोरोना पोजिटिभ भएको खबर आज सोमबार राति राष्ट्रपतिको आधिकारिक वेवसाइट https://www.presidencia.pt/?idc=10&idi=181421 मार्फत जानकारी दिईएको हो।
कोरोना पोजेटिभको रिपोर्ट आएसंगै उनी बेलेम स्थित राष्ट्रपति निवासमा आइसोलेसनमा बसेका छन् ।
राष्ट्रपति मार्सेलोको हिजो र आज बिहानको कोरोनाको परिक्षणको नतिजा नेगेटिभ आएता पनि आज रातिको कोरोना परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको जारी सुचनामा उल्लेख छ।
Presidente da República testa positivo, mas assintomático
Tendo o Presidente da República testado negativo ontem, e apesar do teste antigénio de hoje ser negativo, soube-se agora, às 21h40, que o teste PCR deu positivo.
O Presidente da República, que está assintomático, comunicou ao Presidente da Assembleia da República, ao Primeiro-Ministro e à Ministra da Saúde e, encontrando-se a trabalhar em Belém, aí ficou e ficará em isolamento profilático na zona residencial, aguardando o inquérito epidemiológico.
Cancelou toda a agenda para os próximos dias, a começar com sessão com os peritos no Infarmed e a audição dos Partidos Políticos previstas para amanhã.