एनआरएनए सहमतिको विशेष महाधिवेशन शनिवारबाट सुरु

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रीय महाधिवेशन शनिबारबाट शुरु हुँदैछ । गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनमा असफल भएका आर्थिक र सांगठानिक प्रतिवेदनसहित विधान संशोधन प्रस्ताव पारित गरी आइतबार महाधिवेशन सकिने भएको छ । आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्न विधानअनुसार बोलाइएको महाधिवेशनलमा सहमतिमै विधान संशोधन प्रस्ताव पनि पारित गरिनेछ ।

विश्वव्यापी कोरोना भाइरसका कारण पहिलो पटक अधिवेशन भर्चुअल (जुम) मार्फत् शनिबार बिहान १० बजेदेखि सुरु भई आइतबारसम्म दुई दिन चल्ने उक्त अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

महाधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।

विज्ञप्ती

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन २०२१ का एजेण्डा र कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाधिवेशन २०२१- जनवरी २३-२४, २०२१ मा हुने भएको छ। जुममा हुने महाधिवेशनको उद्घाटन जनवरी २३, २०२१ शनिबार नेपाली समय अनुसार बिहान १०:०० बजे सुरु हुनेछ। कार्यक्रमका प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्छ। पहिलो दिन पहिलो सत्र कार्यक्रमलाइ संघका महासचिव डा हेम राज शर्माले संचालन गर्नुहुनेछ। कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबाट उद्घाटन, उपाध्यक्ष रबिना थापाबाट स्वागत, प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्रीबाट उद्घाटन मन्तब्य, बिशेष अतिथिहरुबाट शुभकामना मन्तब्य, संघका पूर्व अध्यक्षहरुबाट मन्तब्य दिनुहुनेछ।

त्यसपछि संघको बिज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाइ हस्तान्तरण गरिनेछ। यसका साथमा उद्घाटन सत्रलाइ अध्यक्षता गर्नुभएका संघका अध्यक्ष कुमार पन्तले धन्यवाद मन्तब्य सहित पहिलो दिनको पहिलो सत्रको समापन भएको घोषणा गर्नुहुनेछ। पहिलो दिन दोश्रो सत्र संघका महासचिव डा हेम राज शर्माले संघको प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ। प्रतिवेदन माथि छलफल हुनेछ। त्यसपछि प्रतिवेदन पारित गर्नको लागि प्रस्ताव गरिनेछ। यसपछि पूर्व प्रवक्ता भुषण घिमिरे बिधानको मस्यौदा प्रति छलफलको लागि प्रस्तुत गर्नुहुनेछ।

प्रस्तावित मस्यौदाका हरेक बुँदागत प्रस्तुति गर्दै बिधान संसोधन मस्यौदाको नियमित छलफलबाट हुनेछ। छलफल सम्पन्न भएपछि बिधानको जुम हलबाट सहमति भएको अन्तिम संसोधित मस्यौदा पढेर सुनाइने छ। सो को सर्वसम्मत भएको खण्डमा मस्यौदा बिधान पारित गर्नको लागि प्रस्ताव गरिनेछ। साँझ ५:०० बजे पहिलो दिनको सत्र अध्यक्ष कुमार पन्तले पहिलो दिनको समरी सहित समापन भएको घोषणा गर्नुहुने। दोश्रो दिनको पहिलो सत्र बिहान ११:०० बजे दोश्रो दिनको पहिलो सत्र सुरु हुनेछ। दोश्रो दिनको पहिलो सत्रमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको २०२७-२०१९ को आर्थिक गत महाधिवेशनमा पारित हुन बाँकी रहेको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रतिवेदन माथि छलफल पछि पारित गर्नको लागि प्रस्ताव गरिनेछ। त्यसको लगत्यै गैरआवासीय नेपाली संघका लेखा परीक्षकले २०२७-२०१९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

त्यसपछि आगामी कार्यकालको लागि नयाँ लेक्षा परीक्षकको मनोनय गर्न नाम प्रस्ताव गरिनेछ। जुम हलबाट सो पारित गर्नको लागि प्रस्ताव गरिने छ। यसका साथमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी संबन्धि प्रस्तुति समेत रहने छ। दोश्रो दिन दोश्रो सत्र बिशेष महाधिवेशनको दोश्रो दिनको दोश्रो सत्र छोटो र छरितो हुनेछ। संघका प्रवक्ता डिबी क्षेत्रीबाट महाधिवेशनको समरी, घोषणा सहित ब्रिफिंङ्ग हुनेछ। त्यसपछि संघका अग्रज लगायतको मन्तब्य रहनेछ। अन्तमा अध्यक्ष कुमार पन्तबाट महाधिवेशनको समापनको संबोधन सहित बिशेष महाधिवेशन २०२१ लाइ सपान भएको घोषणा गर्नुहुनेछ।

डिबी क्षेत्री प्रवक्ता गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

जनवरी २२, २०२१

प्रतिक्रिया

सम्बन्धित सामाग्री