ग्लोबल गोरखा समाजको ‘एक सय’ दिने कामको समिक्षा

 


ग्लोबल गोरखा समाजले एक सय दिनमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । अध्यक्ष विनय अधिकारीको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकमा समाजको प्रगति विवरण सार्वजनिक गरिएको हो । अहिलेसम्म २९ वटा मुलुकमा ग्लोबल गोरखा समाजको राष्ट्रिय कार्यसमिति गठन गरिएको छ । त्यस्तै, एक सयदिन भित्रै प्रवासी गोरखालीहरुका अभिभावकहरु मध्येबाट प्रमुख संरक्षक, संरक्षक मण्डल चयन, सल्लाहकार परिषद गठन, विषयगत समिति गठन, गोरखाका सम्पुर्ण स्थानिय निकायका प्रमुखहरु संग संस्थाको पदाधिकारी स्तरीय परिचयात्मक कार्यक्रम, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ संग गोरखाका समस्याका बारेमा छलफल गरिएको थियो ।
जुम बैठकमा उपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकालको संयोजकत्वमा नेपाल संयोजक बिनोद पोखरेलको नेतृत्वमा १२ लाख बराबरको स्वास्थ्य सामाग्री गोरखामा वितरण गरिएको जानकारी दिइयो। स्वास्थ्य सामग्री लिनेहरुमा पत्रकार महासंघ गोरखा शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा ,प्रमुख जिल्ला अधिकारीको कार्यालय गोरखा अन्तर्गत नेपाल प्रहरी ,सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाल आर्मी लगायत छन ।
उपाध्यक्ष तथा कृषि विभाग संयोजक नारायण भट्टको संयोजकत्वमा गोरखाली कृषि विज्ञहरु संग अन्तर्क्रिया कार्य सम्पन्न गरेको छ । प्रवासी गोरखालीहरुलाई कृषि क्षेत्रमा गोरखा जिल्लामा लगानी गर्ने वातावरण बनाउनको लागि आवश्यक गृहकार्य समाजले थालेको छ । महासचिव तथा शिक्षा विभाग संयोजक त्रिलोचन पोखरेलको नेतृत्वमा गोरखाका सम्पुर्ण सामुदायिक आधारभूत विद्यालयको तथ्याङक संकलन कार्य जारी रहेको छ ।
अध्यक्ष अधिकारीले संस्थालाई विश्वभर चिनाउने संरक्षक मण्डल, सल्लाहकार परिषदका सदस्यहरु,विधान संशोधन समिति संयोजक, सदस्यहरु,कार्यसमिति पदाधिकारी र सदस्यहरु लाई धन्यवाद ज्ञापन दिए । उक्त कार्यक्रम महासचिव त्रिलोचन पोखरेलले सन्चालन गरेका थिए ।समाजको संस्था दर्ता प्रक्रिया अघि बढाइएको छ ।
उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले सय दिन विशेष कार्यक्रमको दौडानमा गोरखाका सम्पुर्ण स्थानिय निकायलाई १(१ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यमा आर्थिक सहयोग गर्नु भएकोमा धन्यवाद दिए । बैठकमा उपाध्यक्ष यदु लामिछाने (कोरिया), उपाध्यक्ष नारायण भट्ट (अमेरिका) उपाध्यक्ष जानुका अधिकारी (स्पेन),सचिव शकुन्तला गुरुङ (बेलायत),कोषाध्यक्ष आकाश बन्जारा (हङकङ) सह(कोषाध्यक्ष बम गुरुङ (बेलायत), नेपाल संयोजक विनोद पोखरेल (नेपाल), सदस्य तथा गोरखा सेवा समाज कतारका नवनिर्वाचित अध्यक्ष रामजी खत्री (कतार) , सदस्य कमला लम्साल काप्री (जापान) लगायतले आगामी दिनमा ग्लोबल गोरखा समाजलाई नयाँ उचाईमा पुर्याउन सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।
यसैगरी, एक सय दिन भित्रममा संस्थाका सचिव विराट खनालको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता मनाइएको थियो । एकता दिवसमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ संस्कृतविद् डा. नवराज कट्टेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, र पालु ङटार नगरपालिकाका मेयर दिपकवावु कडेल तथा अवैतानिक महावाणिज्यदुत क्यालिफोर्निया अमेरिकाका ऋषि ढकाल र संस्थाका संरक्षक हरिहर अर्याल, राम प्रताप थापा, कृष्ण लामिछाने, प्रमुख संरक्षक भवन भट्ट सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री