राजदुत सुवेदी आज नेपाल फर्कंदै

लण्डन । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी आफ्नो कार्यकाल सकी आज नेपाल प्रस्थान गर्दैछन् ।

दुताबास स्रोतका अनुसार राजदुत सुवेदी सपरिवार आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।

राजदुत सुवेदी सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा बेलायत आएका थिए ।

उनको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबासहरु प्रमुखविहीन नबनाउने नेपाल सरकारको नीतिका कारण नेपाल फर्कन ढिलाइ भएको थियो ।

बेलायतका लागि नयाँ राजदुतका रुपमा लोकदर्शन रेग्मी नियुक्त भइसकेका छन् र फागुनको दोस्रो साताभित्र बेलायत आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री