ओली सरकारको विरोधमा गोरखा सैनिकहरुलाई लाग्न गेसो संस्थापक गुरुङको आग्रह

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा लाग्न पूर्व गोरखा सैनिकहरुलाई आग्रह गरेका छन् ।

गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओली सरकारको सो कदम असंवैधानिक भएको र त्यसको घोर भर्त्सना गरेका छन् ।

बेलायत र नेपाल सरकारबाट गोरखाहरुमाथि गरिएका असमान व्यवहारका बारेमा नेपालदेखि बेलायतसम्म गेसोले मुद्दा उठाउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा ओली सरकारको असंवैधानिक र राष्ट्रघाती कदमले गोरखा सैनिकहरु गम्भीर भएको बताइएको छ ।

जनताले ओली सरकारलाई पाँच वर्षको म्याण्डेट दिएकोमा त्यसलाई लत्याउँदै प्रतिनिधि सभा विघटन गरी ‌‌ओलीले जनतालाई ऋणमा डुबाएको, गणतन्त्रको धज्जी उडाएको, शहिदको बलिदानको अपमान गरेको र राष्ट्रलाई भडखालोमा हालेको आरोप उनले लगाएका छन् ।

उनले गोरखाहरुलाई असंवैधानिक कदमको विरोधमा र स‌ंविधानको रक्षामा लाग्न अपील गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री