लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिदै आ आफ्नो कार्यक्षेत्र जाने तयारी गरेका छन । उक्त सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । आगामी साता राजदूत बेलायत आउने बताइन्छ ।