लन्डन दुतावास नेपालीका लागि सधैं खुला : राजदूत लोकदर्शन रेग्मी

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मीले दूतावासको सेवा प्रभावकारी बनाउन कुनै कसर बांकी नराखिने बताएका छन् । दूतावास २४ सै घण्टा नेपाली समुदायको साथमा रहेर काम गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

एनआरएनए यूकेले मंगलबार सांझ राजदूत रेग्मीको स्वागत तथा सम्मानमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले आफ्ना कर्मचारीलाई संवेदशील भएर काम गर्न निर्देशन दिएको जनाउंदै बेलायतमा रहेका समस्त नेपालीसंग
२४ सै घण्टा साथमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । दूतावास प्रभावकारी र छिटो छरितो सेवा उपलब्ध गराउन सदा तत्पर रहने उनको भनाइ थियो । दूतावासले नेपाली समुदायबाट पनि सहयोग अपेक्षा गरेको रेग्मीको भनाइ थियो । मन्तव्यका क्रममा राजदूत रेग्मीले बेलायत र नेपाल सरकार तथा दुई देशका जनताबीचको बहुआयामिक पक्षलाई थप समृद्धि बनाउन कुनै कसर बांकी नराखिने पनि बताए । राजदूत रेग्मीले लन्डनस्थित दूतावासमा गत १ मार्चदेखि पदबहाली गरेका थिए ।

विशिष्ट अतिथी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबैभन्दा पुरानो नियोगमा काम गर्न पाउंदा धेरै खुशी लागेको बताउंदै बेलायती नेपाली डायस्पोरा अत्यन्त परिपक्व, विविधतायुक्त र क्रियाशील भएको बताउंदै समुदायले नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, साहित्य लगायत संवद्र्धनमा काम गरिरहेको बताइन् । कार्यक्रममा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बेलायतमा नेपाली आगमनको इतिहास र नेपाली संघसंस्थाबारे अवगत गराए । उनले दुई देशबीच व्यापार, पर्यटन लगायत धेरै क्षेत्रमा काम गर्न सकिने सम्भावना औंल्याउंदै लन्डन नेपाल सिधा हवाइ उडान सञ्चालनमा समेत पहल गर्न ध्यानाकर्षण गराए । दूतावासले आफ्नो सेवा प्रभावकारी र छिटो छरितो बनाउन प्रयास गरिरहेको र पहिलेभन्दा कुनै पनि कुरामा कमी आउन नदिने खनालले बताइन् । अति आवश्यक काम परेको बेला विदामा समेत दूतावासले सेवा दिने उनको भनाइ थियो । ए

नआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले नवनियुक्त राजदूत रेग्मीलाई बेलायतमा स्वागत गर्दै एनआरएनए र दूतावासबीचको सहकार्य एवं सहयोग उनको कार्यकालमा झन् बढ्दै जाने अपेक्षा व्यक्त गरिन् । कार्यक्रममा एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा, सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्य, 
बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, गोर्खा टास्कफोर्स संयोजक एवं मानार्थ सदस्य ले रि. चन्द्रबहादुर गुरुङ, लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताले एनआरएनए र दूतावासबीचको समन्वय र सहकार्यको ‘लिगेसी’ नवनियुक्त राजदूतको कार्यकालमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । दुईदेशबीचको कूटनीतिक सम्बन्ध अभिवृद्धिसंगै नागरिकता र भूतपूर्व गोर्खा मुद्दालाई समेत गम्भीर रुपमा लिन उनीहरुले सुझाए ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम 
सञ्चालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री