आजबाट ५० बर्ष माथिका रसमोर निवासीलाई कोरोना भ्याक्सिन

A healthcare worker prepares a dose of the BioNTech Covid-19 vaccine at a vaccination hub location in League City, Texas, February 5, 2021. (Photo by Mark Felix / AFP)

अल्डरसट । रसमोर बरो काउन्सिल  बसोबास गर्ने ५० बर्ष भन्दा माथिका नागरिकलाई आज शनिवारबाट कोरोना खोप दिइने भएको छ । गत ५ मार्चमा बसेको सम्पन बैठकले  शनिबार १३ मार्च २०२१ का दिन पिरुन्सेस हल अल्डरशटमा प्रिन्सेस हलमा भ्याक्सिन दिने भएकाले उपस्थितिका लागि अनुरोध गरेको हो ।

जिआरएनसि निवर्तमान अध्यक्ष जिब बेल्वासेकाका अनुसार ०५ मार्च २०२१ प्रात:पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेनसँग बैठक बसेको थियो । उक्त बैठकले नागरिक सहज भ्याक्सिन उपलव्ध गराउदै खोपको लागी बिहान ०८ ३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बस्नलाई अनुरोध गरेको छ । ति बाहेकको लागि भने अपोइन्ट्मेन्ट अनुसार नै खोप लगाउन आउन जिआरएनसिले भनेको छ । अल्डरशट निवासी नेपाली समुदायकिा मधुमेह, मिर्गी र मुटु रोग लागेका कुनै पनि नागरिकहरुलाई बिना अपोइन्टमेन्ट कोरोना खोप  दिदै आएको छ ।

खोप लगाउन जादा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्ट समेत लिएर आउन हुन संस्थाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री