जनगणनाका लागि हेल्पलाइन सेवा जारी छ : इंग्ल्याण्ड राज्य समन्वय परिषद्

लण्डन । एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतमा गत २१ मार्चको राष्ट्रिय जनगणनामा छुटेका नेपालीहरुलाई हेल्पलाइन मार्फत गरिदै आएको सेवा जारी राखेको जनाएको छ । गत २८ मार्च आइतबार बेलायतमा ‘जनगणना सचेतना अभियान’को समापन गरे पनि हेल्पलाईन सेवा अझै जारी रहेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले जनाएको हो ।
बेलायतमा बसोबास गर्ने नेपाली समुदायको पहिचान खुल्ने गरि जनगणनामा नेपाली लेख्ने अभियानमा सकृय भुमिका निर्वाह गरेको परिषद्ले सरकारको जनगणना तथ्यांक कार्यालय र नेपाल अध्ययन केन्द्रसँग मिलेर जनगणना कार्यलाई बेलायतभर सचेतना जगाएको थियो । उक्त सचेतना अभियानमा तीन दर्जन भन्दा बढी स्वयंसेवक स्वत समावेश भएका थिए । स्वयसेवकले अहिले पनि जनगणना फारम भर्न सहयोग गरिरहेको परिषद् अध्यक्ष दिपक श्रेष्ठले जनाए ।
परिषद्ले ११ वटा उपसमिति बनाएर स्थानीय नेपाली संघसंस्था सँग सहकार्य गरि जनगणनामा काम गरेको थियो । उक्त सचेतनाको प्रत्यक्ष फाइदा नेपाली समुदाय र खासगरी वृद्धवृद्धाहरुले लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री