प्लमस्टिडमा प्रहरीले जानकारी खोजिरहेका व्यक्तिको परिवारसित भेट

 


लण्डन । प्लमस्टिडबाट बेहोस अवस्थामा प्रहरीले फेला पारी अस्पतालमा उपचाररत व्यक्तिको पहिचान भएको छ ।

उनी पूर्व गोरखा सैनिक भएको थाहा भएको छ । उनको नाम तेजबहादुर पुन रहेको र उनी परिवारसहित प्लमस्टिडमा बसोबासरत रहेको पुष्टि भएको छ ।   उनी सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा पहिले कार्यरत रहेको बताइएको छ ।

मगर संघ प्लमस्टिड शाखाका अध्यक्ष दलप्रसाद थापाका अनुसार उनका छोराले उनी उपचाररत रहेको क्वीन एलिजावेथ अस्पताल उलीचमा गएर भेटेको जानकारी दिए ।

करिब ६० वर्षका पुनलाई प्लमस्टिड हाइस्ट्रीटमा ढलेको अवस्थामा सर्वसाधारणले भेटेर प्रहरीलाई बोलाएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको छ ।

उनको पहिचानका लागि लण्डन मेट्रोपोलिटन प्रहरीले बुधबार सार्वजनिक अपील गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री