वुल्वीच-ब्राइटन साइकल यात्रा : अभियन्ताहरुबाटै कोभिड नियमको उल्लंघन !

लन्डन । बेलायतस्थित नेपाली समाजका अगुवाहरुबाटै बाल गृह र वृद्धाश्रम निर्माणको सहयोगार्थ एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषदद्वारा शनिवार आयोजित च्यारिटि साइकल यात्रा कार्यक्रममा कोभिड नियमको उल्लघंन गरिएको छ । वुल्वीच आर्सनल राइडर्स् (वार) क्लबका सदस्यहरुको सहभागीतामा भएको च्यारिटी साइकल यात्रा बेलायत सरकारको स्वास्थ्य नियम उल्लंघन गरिएको हो । सरकारले विवाहमा १५ जना, दाहसंकारमा ३० जना र बाहिर  ६ जनालाई मात्र भेटघाटको अनुमति दिएको छ ।  तर सरकारी नियमलाई वेवास्था गर्दै  उनीहरुले कार्यक्रम गरेका थिए ।

उल्लंघन गर्नेमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङदेखि सदस्यहरु सम्म छन ।मानव कल्याणका लागि गरिएको च्यारिटी साइकल यात्रामा २३ जना सहभागी थिए । उनीहरुले पनि स्वास्थ्य मापदण्डको नियमलाई वेवास्ता गरे भने अन्य संघसंस्थाका अगुवाहरु पनि नियम उल्लंघन गर्न पछि परेनन् । बेलायत सरकारको स्वास्थ्य नियम विपरीत सामाजिक संजालमा सहभागीहरुले तस्बिर समेत सार्वजनिक गरेका छन ।
बिहान ८ बजे भन्दा केही ढिला गरि लण्डनको साउथ इष्ट वुल्वीचबाट साइकल यात्रामा सहभागीहरु ब्राइटनतर्फ प्रस्थान गरेका थिए । वुल्वीचदेखि ब्राइटनसम्मको ६४ माइल लामो यात्रा करिब ७ घण्टा लगाएर दिउंसो  पुरा गरेका परिषद् अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । शनिवार विहान एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले साइकल यात्रा उद्घाटन गरेकी थिइन । उनले यात्राका लागि शुभकामना पनि दिइन् । उक्त साइकल यात्रीलाई शुभकामना दिन समाजका अगुवाहरु विहानै पुगेका थिए ।  परिषद अध्यक्ष श्रेष्ठले यात्रा सफलतापुर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।
साइकल यात्रा सुरु गर्नुअघि पशुपतिनाथ मन्दिर लन्डनका पण्डित ज्योतिषी निलहरि घिमिरेले मन्तोचरण गरेका थिए । एनआरएनए यूके, हेल्प नेपाल नेटवर्क तथा नेपाली युथ एशोसिएसनको सहकार्यमा परिषदले आयोजना

च्यारिटि संकलित कोषबाट यसअघि नै हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग हस्तान्तरण गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री