FILE PHOTO: A handout photo provided by the Russian Direct Investment Fund (RDIF) shows samples of a vaccine against the coronavirus disease (COVID-19) developed by the Gamaleya Research Institute of Epidemiology and Microbiology, in Moscow, Russia August 6, 2020. Picture taken August 6, 2020. The Russian Direct Investment Fund (RDIF)/Handout via REUTERS
ढाका । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले बुधबार भन्नुभएको छ बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।
आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।