‘अनलिस युअर इनरसेल्फ’ पेशेवरहरुले साटे आफ्ना अनुभव

लण्डन । विभिन्न पेशा र व्यवसायमा सफलता पाएका पेशेवरहरुले ‘अनलिस युअर इनर सेल्फ’ कार्यक्रममा आफ्नो अनुभव साटेका छन् ।

अल्डरसटस्थित माउसटेल वेभ सर्भिसेजले आयोजना गरेको दुई दिने सो कार्यक्रममा पहिलो दिन कविता घर्ति मगर गुरुङले नृत्य सिकाइन् भने लाइफकोच इन्द्र गुरुङले जीवन रुपान्तरण गर्ने बारेमा प्रस्तुति दिए । बेलायतका व्यवसायी आशबहादुर गुरुङले धेरैवटा क्षेत्रबाट आम्दानी कसरी गर्न सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव सुनाए । यस्तै अर्का व्यवसायी धन लामाले आफ्नो क्याफे ब्यापारको बारेमा जानकारी दिए ।

दोस्रो दिन पनि कविता घर्ति मगर गुरुङको नृत्य कक्षाबाट सेसन शुरु भएको थियो । त्यसपछि पत्रकार दिपेन्द्र श्रेष्ठले नेतृत्व विकास र डा मिलन ज्ञवालीले सफलता कसरी मापन गर्ने भन्ने बारेमा सिकाए ।

कार्यक्रममा उपस्थितहरुले कार्यक्रम धेरै लाभदायी रहेको बताए भने माउसटेलका प्रबन्धक आगामी दिनमा यस्तै कार्यक्रम गरिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री