नेपाली राजदुतावास लण्डनद्वारा स्वीण्डनमा घुम्ती शिविर

लण्डन । नेपाली दुताबास लण्डनले स्वीण्डनमा बसोबासरत नेपालीहरुका लागि एक दिने घुम्ती शिविर सन्चालन गरेको छ ।
शनिबार स्वीण्डनस्थित बुख्रष्ट कम्युनिटी सेन्टर (डोम हल) मा आयोजना गरिएको सो शिविरमा दुताबासले स्थानीय नेपालीहरुलाई विभिन्न सुविधा उपलब्ध गराएको थियो ।
स्थानीय नेपाली एसोसिएसन विल्सायरले सो कार्यक्रमको आयोजना गरेको थियो ।
कोरोना महामारीको कारण धेरै नेपालीहरु सेवा लिनका लागि लण्डनस्थित राजदुताबासमा गई राहदानी नविकरण गर्न नसकिरहेको अवस्थामा उनीहरुलाई स्थानीय क्षेत्रमा सो सुविधा उपलब्ध गराइएको एसोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।
स्वीण्डनबाट लण्डन जान दुई घण्टा फर्किंदा दुई घण्टाको यात्रा अनि खाजापानीको पनि व्यवस्था गरेर जानु पर्ने भएकोले बरु नेपाली दुताबासका कर्मचारीहरुलाई बोलाएर स्थानीय स्तरमा सेवा प्रवाह गर्दा धेरै नेपालीहरुलाई अति नै सहज भएको  थियो।
दुताबासले गैरआवासीय नेपाली कार्ड बनाउन चाहानेहरुलाई पनि कार्ड बनाइ दिएको थियो भने राहदानीमा सच्याउन पर्ने भएकाहरुलाई  सच्याइदिएको थियो ।
शिविरमा दुताबासका द्वितीय सचिव रामबाबु नेपाल, श्रीमती पुजन पाण्डे र विनोद कार्की  उपस्थित भएर घुम्ती सेवा प्रदान गरेका थिए ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा संचालन गरिएको सो घुम्ती शिविरमा राहदानी नवीकरण, वारेस नामा, एनआरएन कार्ड गरी जम्मा ४४ जनालाई सेवा प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री