बेलायती महारानी अस्पतालबाट डिस्चार्ज

 (AP Photo/Frank Augstein, Pool, File)

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितिया उपचारका लागि अस्पतालमा एक रात बसी निवास फर्कनुभएको छ ।

९५ वर्षीया महारानी स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना हुनुभएको र बिहीबार निवास फर्कनुभएको बताइएको छ तर उहाँको स्वास्थ्य समस्याका बारेमा विस्तृत केही खुलाइएको छैन । उहाँ किङ एडवार्ड सातौँ अस्पताल लण्डनमा भर्ना हुनुभएको थियो ।

राजदरबारका प्रवक्ताले प्रारम्भिक जाँचका लागि उहाँ अस्पताल भर्ना हुनुभएको र अहिले काममा फर्कनुभएको बताएका छन् ।

उहाँले चिकित्सकहरुको सल्लाहका कारण बुधबार मात्र उत्तरी आयरल्याण्डको भ्रमण रद्द गर्नुभएको थियो ।

उहाँ बितेको आठ वर्षमा पहिलोपटक अस्पतालमा रात बिताउनु भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री