एनआरएनए युकेको महिला विभाग विस्तार


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले महिला विभाग विस्तार गरेको छ ।

महिला संयोजक बिमला लिम्बुले प्रस्ताव गरेको विभागका सदस्यहरुको नामावलीलाई सोमबार बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेपछि सो विभागको विस्तार भएको हो ।
महिला विभागको सहसंयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ ।
विभागका सदस्यहरुमा एनआरएनए यूके इङल्याण्ड राज्य परिषद सहसचिव अहिल्या कुँवर, सुमी भण्डारी, मञ्जु लिङदम र गीता रायमाझी रहेका छन् ।
विभागका संस्थापक संयोजक संगीता मरहट्ठा, पूर्व संयोजकहरु बबी लामा, सुशीला राई, लिलादेवी गुरुङ र प्रसुना कँडेल
लाई सल्लाहकार राखिएको छ ।
विभागमा नर्दर्न आयरल्याण्ड, वेल्स र मिडल्याण्डबाट प्रतिनिधिहरु थप्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री