बेलायती प्रधानमन्त्री जोन्सनलाई पुत्रीलाभ

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्री लाभ भएको छ ।

लण्डनस्थित एक अस्पतालमा बिहीबार बिहान उनकी पत्नी क्यारी जोन्सनले पुत्रीलाई जन्म दिएको एक प्रेस वक्तब्यमा बताइएको छ ।

प्रधानमन्त्री जोन्सनलाई विपक्षी दलका नेता कियर स्टामरलगायतले बधाई दिएका छन् ।

५७ वर्षीय प्रधानमन्त्री जोन्सन र ३३ वर्षीय श्रीमती क्यारीसित एक छोरा रहेको छ ।

अहिले आमा र नवजात शिशुको अवस्था राम्रो रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री