काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।
अधिवेशनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।
सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् ।
माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमाडाैंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।