‘बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा’ : जोन्सन

लन्डन । बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् ।  ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ ।,’ उनले भने ।

ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पुर्याइएका बेला प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो । चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो ।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन् ।

बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री