माओवादी केन्द्र कर्णाली प्रदेशमा विमला केसी

सुर्खेत । चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन । चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले पदाधिकारीविनाको प्रदेश कमिटी गठन गरेको हो

प्रतिक्रिया

सम्बन्धित सामाग्री