नेपाल आदिवासी जनजाति महासंघ अमेरिकामा विष्ट निर्वाचित

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् ।

आइतबार न्यूयोर्कको जयाक्सन हाइटमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा विष्टले अर्का प्रत्यासी लोक चेम्जोङलाई ५ मत अन्तरले पराजित गरेका हुन् । खसेको कूल ७६ मत मध्ये र विष्टले ४० मत प्राप्त गरेका थिए भने निवर्तमान चेम्जोङले ३५ मत पाएका थिए । एक मत बदर भएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर्पा संघका मिङमार शेर्पा, महिला उपाध्यक्षमा छोन्जोम छोन्जोम लामा, क्षेत्रीय उपाध्यक्षमा माया लामा, महासचिवमा टोमा लामा, सचिवमा सुभास राई र चम्पाकुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सभामुखमा सुवर्ण शाक्य र उपसभामुखमा गोमा योञ्जन निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा मुक्तिनारायण राई, तुलबहादुर तामाङ, रुकु राना र प्रकाशकुमार सुनुवार निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष विष्ट सामाजिक सेवाको क्षेत्रमा परिचित नाम हो । मुस्ताङ किदुग, अमेरिकाको पूर्व अध्यक्षसमेत रहेका बिष्टले फिप्नाको कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र संघीय परिषदको सभामुखको रुपमा ३ कार्यकाल काम गरिसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष विष्टले आदिवासी जनजातिको हकहित र अधिकारको अभियानमा बुलन्द आवाज उठाउने (फिप्ना)लाई सबै जात–जाति, धर्म र समुदायमाझ पुर्याउने र संस्थालाई सही मार्गमा डोर्‍याउने र सदस्य संस्थाहरुलाई एकीकृत गर्दै जाने सांगठनिक विस्तारमा जोड दिने प्रतिवद्दता व्यक्त गरेका छन् ।
त्यस्तै नवनिर्वाचित महासचिव टोमा लामा नेपाल आदिवासी आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को इतिहासमा पहिलोपटक महिला निर्विरोध निर्वाचित भएकी छन् । युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिकाबाट प्रतिनिधित्व गरेकी टमा लामाले फिप्नाको सचिव पदमा रहेर काम गरी सकेकी छन् । महाधिवेसनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । फिप्नामा १८ वटा जातिय संस्थाहरु आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री