बेलायतले नेपाललाई दिएको आठ लाख डोज कोरोना खोप नेपाल पुग्यो

लण्डन । बेलायतले नेपाललाई दिएको आठ लाख डोज कोरोना खोप आज नेपाल पुगेको छ ।

आष्ट्राजेनिकाले उत्पादन गरेको सो खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले जानकारी दिएकी छिन् ।

यसबाहेक अरु १३ लाख डोज पनि छिट्टै नेपाल आइपुग्ने उनले थपिन् ।

बेलायतले नेपाललाई कोभिड सहायता (कोभ्याक्स)स्वरुप २१ लाख डोज आष्ट्राजेनिकाको खोप दिने वाचा गरेको छ ।

राजदुत पोलिटले नेपालमा कोरोना खोप अभियान प्रभावकारी रुपमा परिचालन भइरहेको र यसले बालबालिकाको पठनपाठन तथा व्यवसाय यथावत सन्चालनमा सहयोग गर्ने बताएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री