बेलायती विदेश मन्त्री लिज ट्रस रुस भ्रमणमा जाने


लण्डन । बेलायतका विदेश मन्त्री लिज ट्रसले बेलायतको भ्रमण गर्नुहुने भएको छ ।

उनले यही फेब्रअरी १० मा रुसको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।

विशेष गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उहाँले रुसको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उनलाई अघिल्लो हप्ता नै रुस गई युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिनुभएको थियो । तर त्यतिबेला उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री