फेब्रुअरीको अन्तिम साताबाट इङल्याण्डमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध हट्ने

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेका हुन् ।

उनले फेब्रुअरीको अन्त्यमा इंल्याण्डमा कोरानाभाइरसका प्रतिबन्धहरु हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्मिक निर्णय भनेर टिप्पणी गरेका छन् ।

जोनसनको घोषणालाई बेलायती संसदमा तालीद्धारा सबै सांसदहरुले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमण पछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरुको सुझावका आधारमा सरकारले सो निर्णय लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री