फार्नब्रोबाट हराए ७४ वर्षीय हुम गुरुङ

लण्डन । बेलायतको फार्नब्रो क्षेत्रबाट हराएका हुम गुरुङको खोजीमा सहयोग गर्न स्थानीय ह्याम्पसायर प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ ।

शुक्रबार राति प्रहरीले एक सूचना जारी गरी सो अनुरोध गरेको हो ।

प्रहरीका अनुसार ७४ वर्षीय गुरुङ शुक्रबार बिहान ११:३० बजे कासवेल क्लोजमा अन्तिमपटक देखिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

प्रहरीले दिएको हुलियाअनुसार गुरुङ करिब साढे पाँच फुट उचाइ भएका, कपाल फुलेका, दाह्रीजुँगा काटेका, पुट्ट भुँडी निस्केका छन् । उनले कालो सुरुवाल, खैरो लामो बाहुला भएको ज्याकेट, खैरो टिसर्ट र कालो बेसबल क्याप लगाएको हुनसक्ने बताइएको छ । उनले कालो झोला बोकेको बताइएको छ।

प्रहरीले उनको अवस्थाका बारेमा चिन्ता प्रकट गरेको छ ।

उनले काठको लौरो र हरियो सानो तौलिया बोकेको हुनसक्ने प्रहरीले बताएको छ । उनले कमै मात्र अंग्रेजी बोल्ने र प्राय बसमा यात्रा गर्ने बताइएको छ ।

प्रहरीले उनको बारेमा जानकारी भए १०१ वा ९९९ मा फोन गरी रिफरेन्स नम्बर १८१९ उल्लेख गरी जानकारी दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री