एनआरएनएको सदस्यतावापतको रकम तत्काल केन्द्रमा पठाउन माग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेबाट निर्वाचित सातजना अन्तर्राष्ट्रिय परिषद सदस्यहरुले एनआरएनए युकेलाई सदस्यतावापत उठेको रकम तत्काल केन्द्रमा पठाउन माग गरेका छन् ।

उनीहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहालाई सम्बोधन गर्दै एनआरएनएको पन्जीकृत सदस्यतावापत उठेको रकम केन्द्रमा नपठाई रोक्ने एनसिसीसित कुनै अधिकार नभएको र तत्काल केन्द्रमा पठाउन माग गरेका छन् ।

सदस्यतावापतको रकम नपठाएमा सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार एनआरएनए युकेको नेतृत्वले लिन पर्ने पनि विज्ञप्तिमा बताइएको छ ।

यसरी विज्ञप्ति प्रकाशित गर्नेहरुमा आइसीसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, एलएन पाण्डे, महेश अधिकारी, कोश्लेश्वर (कृष्ण) ढकाल, समिर खनाल र भीमलाल भट्टराई छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री