पञ्चासे हर्पनडाँडा समाज युकेको अध्यक्षमा देउकाजी गुरुङ

लन्डन। पञ्चासे हर्पनडाँडा समाज युकेको चौथो वार्षिक अधिवेसन अल्डरसटस्थित माईतीघर रेष्टुरेण्टमा १९ मार्च २०२२ का दिन सम्पन्न भएको छ।

दुई चरणमा भएको छलफलको अध्यक्षता डमरकाजी गुरुङले गरेका थिए। कोभिडका कारण लामो समय आपसी भेटघाट भएको थिएन। दुई वर्षको अन्तरालपछि पहिलोपटक गाउँलेहरु भेटिँदाको माहोल निकै उत्साहपूर्ण देखिन्थो।
पहिलो चरणको छलफल विशेष समाजले गरेका गतिविधिबारे केन्द्रित थियो। उपाध्यक्ष देउकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिए। कोषाध्यक्ष रवि गुरुङले आयब्यय विवरण प्रस्तुत गरेका थिए। महासचिव प्रकाश गुरुङले समाजको नेपाल बैंक खातामा भएको विवरण र सलिना घलेको पढाई खर्च कसरी तिरिँदैछ भन्ने बारे प्रष्टाएका थिए। त्यसैगरी, कमिटीमा रहेका विभिन्न ओहोदाका सदस्यहरुले आ-आफ्नो विचार राखेका थिए। अध्यक्ष डमरकाजी गुरुङ ले भने, ‘सानो समाज भए तापनि धेरै उल्लेखनीय कामहरु भएकोमा गौरव गर्दछु। झण्डै मेरो दश वर्षको कार्यकालमा कमिटी र सदस्यहरुको सहयोगले धेरै परोपकारी काम भएका छन्। केही नाम लिनै पर्दा पञ्चासे हर्पनडाँडा आकस्मिक स्वास्थ्य सेवा, भूकम्प पीडित, चापाकोट स्कूल, सन्तोष बचाउँ अभियान, विनिथ द ब्रेभरी सिनेमा, कोभिडका बेला राहत, अक्सिजन कन्सन्ट्रेटर किन्नका लागि एनआरएनए युकेलाई सहयोग, बुद्धिष्ट गुम्वा रेडिङलाई गरी जम्मा २७ हजार ८ सय ९८ पाउन्ड सहयोग गरेको छ।”

”बेलायतमै निधन भएका परिवारलाई सहयोगका लागि भेटी उठाउने चलन शुरु गरेर हालसम्म पाँच परिवारलाई ११ हजार ७ सय ३१ पाउन्ड दिइसकिएको छ। मेरो कार्यकालमा नेपाल र बेलायत गरि ६३ लाख रुपियाँ भन्दा बढी सहयोग भैसकेको रहेछ। सम्पूर्ण समाजका सदस्यहरुप्रति आभार प्रकट गर्दछु,” उनले भने ।
गैर आवासीय नेपाली संघ बेलायतका निवर्तमान अध्यक्ष श्रीमती पुनम गुरुङलाई अध्यक्षको कार्यकाल सफल गरी बेलायती राजनीतिमा प्रवेश गरेर पनि बेजिङस्टोक कन्जरभेटिभ महिला अर्गानाइसेसनको पहिलो नेपाली महिला प्रमुख चुनिनुभएकोमा संस्थाका तर्फबाट सम्मान गरियो। तमुधिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङ र श्रीमती पुनम गुरुङ दुवैले अधिवेसन सफलताको कामना गरे। गुरुङ जोडीको पुर्ख्यौली पञ्चासे हर्पनडाँडा समाज युकेको दम्दमे गाउँ हो।

समाजको यसवर्षको वार्षिक भेटघाट ११ जुन २०२२ का दिन हुने निधो भएको छ।
समाजको हितको लागि सधैँ तत्पर रहिरहने, विभिन्न कठिनाईहरु आईपर्दा पनि काममा खटिरहने, समाजको उदाहरण ब्यक्तिका रुपमा लिन सकिने भन्दै अध्यक्षले प्रकाश गुरुङलाई समाजको तर्फबाट सम्मान गरेका थिए ।

दोस्रो चरणको कार्यक्रम नयाँ कमिटी छनौट गर्ने रहेको थियो। मे रि बुद्धि गुरुङ र मोन गुरुङ निर्वाचन समितिमा थिए। धेरैजसो पदहरु पुरानै कायम रहे। नयाँ कमिटी २०२२- २०२५ का लागि अध्यक्ष र उपाध्यक्षमा क्रमशः देउकाजी गुरुङ र रवि गुरुङ निर्वाचित भए। महासचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा कृष्ण घले, सहकोषाध्यक्षमा देवबहादुर घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ, सहसांस्कृतिक दिलबहादुर गुरुङ, वेब संयोजक कृपाराज गुरूङ, सिधाने गाउँको प्रतिनिधिमा यम गुरुङ, दिलबहादुर गुरुङ, रुद्र गुरुङ, किरण गुरुङ, कुद्वीडाँडाको प्रतिनिधिमा किरण गुरुङ, जगन गुरुङ, दम्दमे गाउँको प्रतिनिधिमा निरबहादुर गुरुङ, मकनपुर गाउँको प्रतिनिधिमा लालबहादुर घले निर्वाचित भए।
वरिष्ठ सल्लाहकारमा डमरकाजी गुरुङ, सल्लाहकारहरुमा प्रेम बहादुर गुरुङ, रि डब्लुओवान जसबहादुर गुरुङ, जगदीश गुरुङ, मे रि बुद्धिबहादुर गुरुङ, सन्तोष गुरुङ, रणबहादुर गुरुङ, कमल गुरुङ, मोनबहादुर गुरुङ, बुद्धि बहादुर घले र भीमबहादुर घले चुनिए। सबै नवनिर्वाचित सदस्यहरुलाई ९२ वर्षीय सल्लाकार प्रेमबहादुर गुरुङले खादा लगाई सफल कार्यकालको कामना गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री