पासा पुच: गुठी लण्डनद्वारा होली पुन्ही मनाइयो


लण्डन । पासा पुच: गुठी लण्डनले पहिलोपटक होली पुन्ही मनाएको छ ।

स्थानीय एल्थोर्न पार्कमा आयोजित सो कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको गुठीले जनाएको छ ।

गत शनिबार दिउँसाे १ बजेदेखि ४ बजेसम्म चलेको सो कार्यक्रम कोरोना महामारीपछि गुठीले आयोजना गरेको पहिलो प्रत्यक्ष भेटघाटको कार्यक्रम पनि हो ।

कार्यक्रमको शुरुवातमा गुठीका अध्यक्ष रुक्मिणी मानन्धरले सबैलाई स्वागत गरेका थिए भने पासा पुच: गुठी युकेका अध्यक्ष ओजेश सिंहले सबैलाई प्रफुल्ल पार्न धिमे बाजा बजाएका थिए । त्यसपछि सहभागीहरुबीच एकआपसमा शुभकामना दिन र रङ खेल्न शुरु भएको थियो ।

पार्कको कार्यक्रम समापन भएपछि सबै सहभागीहरु नेपाल अथेन्टिक डाइनिङ रेष्टुरेन्टमा गई समयबजी र जेरी खाएका थिए ।

कार्यक्रम समापन अघि गुठीका उपाध्यक्ष सुदीप श्रेष्ठले सबैलाई अप्रिल १० मा हुने नेवा मुनामा सहभागी हुन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री