कियभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।
उहाँले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिनु भएको छ ।
उहाँले बुधबार भन्नुभएको थियो– हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका विरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडी नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराउनुभएको बताउनुभयो ।
यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।उहाँले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।