चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण 

काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री