स्थानिय निर्वाचनमा विप्लवले बहिष्कार नगर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो ।

दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले निर्वाचनमा प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री